के प्रचण्डले पाउलान त नोबेल पुरुस्कार ?

By | October 26, 2017

१० बर्षे जनयुद्दलाई शान्ति प्रकिया मार्फत सुरक्षित अबतरण गराउदै देशको आमुल राजनीतिक परिवर्तन गराउन भूमिका खेल्ने समकालिन नेताको पंतिमा सबैभन्दा पहिला लिनुपर्ने नाम हो – प्रचण्ड । बेलाबेलामा उनी आफै पनि आफुले निक्कै ठुलो जोखिम मोलेर शान्ति प्रकिया यहासम्म आइपुगेको बताउछन । तथ्यलाई नियाल्ने हो  र  हिजोका ति कहालिलाग्दा दिनहरुलाई सम्झिने हो भने देश यहाँसम्म आइपुग्नु चानचुने कुरा होईन, र यसमा धेरै भुमिका गिरिजाप्रसाद कोइराला र प्रचण्डकै छ । अझ भिमकाय चुनौतिको बीचबाट शान्ति प्रकियालाई यहाँसम्म ल्याउने कामको बढि जस प्रचण्डलाई नै जान्छ  । यति ठुलो राजनीतिक परिवर्तनका संवाहक प्रचण्ड बेलाबेला भन्ने पनि गर्छन – यो कुरा युरोप, अमेरिकातिर भएको भए सम्बन्धित नेताले शान्ति पुरुस्कार पाउथे । हुन पनि हो, जहिजहि हत्या, हिंसा भइरहेको अहिलेको दुनियामा नेपालको शान्ति प्रकिया नमुना नै हो । नेपालको शान्ति प्रकिया मार्फत संसारले निक्कै ठुलो पाठ सिक्न सक्छ । तथापि यसले भने जस्तो चर्चा पाएन ।

स्मरणीय के छ भने – अहिकेका जर्मन राजदुत सेफर युरोपली देशका राजदुत मध्ये निकै तगडा र शक्तिशाली मानिन्छन । उनले यस अगाडि कोलम्बियाको शान्ति प्रकियामा ईयुका तर्फबाट महत्वपुर्ण भुमिला खेलेका थिए । साथै त्यहाँका राष्टपति जुआन म्यानुन सान्तोसलाई २०१६ मा नोबेल शान्ति पुरुस्कार दिलाउन पनि उत्तिकै ठुलो भुमिका खेलेका थिए ।

 

संबिधानको कार्यान्वनसगै शान्ति प्रकिया टुङ्गिनै लाग्दा एकपटक फेरि नेपालको शान्ति प्रकियाले संसारमा चर्चा पाउछ कि भन्ने आशा जागेको छ । त्यो आशाको भरोशा हुन, नेपालका लागि जर्मनका शक्तिसाली राजदुत – रोनाल्ड सेफर । आफ्नो कार्यकाल सम्हाले लगतै राजदुत सेफरले दिएको अभिव्यक्तिले ‍निक्कै कुराको संकेत गरेको छ । उनले नेपालको शान्ति प्रकिया र यसमा माओबादी पार्टी र त्यसका नेता प्रचण्डले खेलेको भूमिकाको खुलेर प्रंसशा गरेका छन ।

उनले नेपालको शान्ति प्रकिया ‍विश्वमा एउटा महत्वपुर्ण परिघटना भएको बताउदै संसारले यसको कदर गर्नु पर्ने र आफु यसको उचित कदर र प्रचारको लागि लाग्ने बताए । यसरी राजदुत सेफरले भनेजस्तै यदि नेपालको शान्ति प्रकियाको उचित कदर र प्रचार गर्ने माध्यम भनेको नोबेल शान्ति पुरुस्कार नै हो । यदि केहि युरोपियन देशहरुले चाहाने हो भने त्यो त्यति गाह्रो विषय पनि होइन । ईयुकी नयाँ राजदुत भेरोनिका कोडिले पनि नेपालको शान्ति प्रकियालाई अन्तराष्ट्रिय मान्यता दिनु पर्ने बताउदै आइरहेको छिन । यसरी हेर्दा नेपालको शान्ति प्रकियाले फेरि एकपटक चर्चा पाउने आश गर्न सकिन्छ, र त्यो यात्रा नोबेल पुरुस्कारसम्म पुग्न सक्छ । यदि नेपालका कोहि नेताले नोबेल शान्ति पुरुस्कार पाईहालेमा त्यो ब्यक्ति स्वत: प्रचण्ड नै हुनेछन ।

स्मरणीय के छ भने – अहिकेका जर्मन राजदुत सेफर युरोपली देशका राजदुत मध्ये निकै तगडा र शक्तिशाली मानिन्छन । उनले यस अगाडि कोलम्बियाको शान्ति प्रकियामा ईयुका तर्फबाट महत्वपुर्ण भुमिला खेलेका थिए । साथै त्यहाँका राष्टपति जुआन म्यानुन सान्तोसलाई २०१६ मा नोबेल शान्ति पुरुस्कार दिलाउन पनि उत्तिकै ठुलो भुमिका खेलेका थिए ।

 

 

(Visited 43 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *