के यि समस्याहरुले गर्दा सफल हुन सक्नु भएन ? त्यसो भए यिनिहरुबाट सिक्नुहोस

By | October 25, 2017

सफलता Vs बहाना

१. मलाई उचित शिक्षा पाउने अबसर मिलेको थिएन ।

– उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन ।

२. म धेरै पटक हारीसके अब मभित्र हिम्मत छैन ।

– अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए

३. म अत्यन्त गरीब घरबाट छु ।

– पुर्व राष्ट्रपती अब्दुल कलाम पनि गरीब घरबाट थिए ।

४. म सानै देखि अस्वस्थ थिए ।

– ओस्कार विजेता मर्लिन मेटलिन पनि सानैदेखी बहिरी र अस्वस्थ थिइन ।

५. मैले साइकलमा चढेर आधा जिन्दगी निकालेको छु ।

– निरमा कम्पनिको करसन भाइ पटेल पनि साइकलमा निरमा बेचेर आधा जिन्दगी बिताए ।

६. एउटा दुर्घटनामा लङ्गडो भएको कारणले मेरो हिम्मत गुम्यो ।

– प्रख्यात नृत्यांगना सुधा चन्द्रनको अहिले पनि खुट्टा नक्कली छ ।

७. मलाई सानैदेखी नै मन्दवुद्धिको भन्ने गर्छन ।

– थोमस एल्बा एडिसनलाई पनि सानोमा मन्दबुद्धिको भन्ने गर्थे ।

८. सानैमा नै मेरो बुवाको निधन भएको थियो ।

– प्रख्यात संगीतकार ए आर रहमानको बुवाको पनि निधन सानैमा भएको थियो ।

९. मलाई सानैदेखी नै परिवारको जिम्मेवारी उठाउनुपर्यो ।

– लता मंगेस्करलाई पनि सानैमा परिवारको जिम्मेवारी उठाउनु परेको थियो ।

१०. म एक सानोतिनो नोकरी गर्छु ।

– यसले के फरक पर्छ : धिरुभाई अम्बानिले पनि पेट्रोल भर्ने सानोतिनो काम गरेका थिए ।

११. मेरो कम्पनी घाटा गइरहेको छ अब मलाई भरोसा कसले गर्छ ?

– दुनियाँको सबैभन्दा ठूलो चिसो पेय निर्माता पेप्सि कोला पनि दुईपटक घाटामा गइसकेको छ ।

१२. मेरो दुई पटक नर्भस ब्रेक डाउन भइसकेको छ अब म के नै गर्न सक्छु ?

– डिज्निल्याण्ड बनाउनुभन्दा अगाडि वाल्ट डिज्नी पनि तीन पटक नर्भस ब्रेक डाउन भएका थिए ।

१३. मेरो उमेर धेरै भयो म बुढा भइसके ।

– विश्व प्रसिद्ध केंटुकि फ्राइड चिकेनको मालिकले ६० वर्षको उमेरमा रेष्टुरेन्ट खोलेका थिए ।

१४. म सित बहुमुल्य आडिया छ तर मान्छेले अस्विकार गरिदिन्छन ।

– झेरोक्स फोटोकपी मेसिनको आइडियालाई पनि धेरै कम्पनिले अस्विकार गरेका थिए , आज परिणाम सामुन्ने छ ।

१५. म सित धन छैन ।

– इन्फोसिसको पुर्व चेयरमेन नारायण मुर्तीसित पनि धन थिएन , उनलाई आफ्नो श्रीमतिको गहना बेच्नु परेको थियो ।

१६. म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन ।

– वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो,  राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो ।

आज तपाई जहाँ हुनुहुन्छ र भोलि तपाई जहाँ हुनुहुनेछ , यसको लागि तपाई कोहि अरुलाई जिम्मेवारी ठहराउन सक्नुहुन्न । त्यसैले आजै चुनाब गर्नुस , सफलता चाहिन्छ कि खोक्रो बहाना ? बहाना बनाउने व्यक्ती आजसम्म सफल भएका छैनन ।

शक्दो शेयर गर्नुहोस , आफु पनि मोटिभेट हुनुस अरुलाई पनि पार्नुस ।

स्रोत:  युवा मोटिभेशनल लेखक दिपक दर्शनको फेसबूकबाट।

(Visited 34 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *