दिपावली फोटो प्रतियोगिता हुने, सहभागि हुनुहोस पुरुस्कार जित्नुहोस

By | October 21, 2017

आदरणीय देश बिदेशमा रहनु हुने दाजुभाई तथा दिदी बहिनिहरुमा हार्दिक नमस्कार तथा शुभ दिपावली,

हामीले यो महान, भब्य र अधिकांश नेपालीको सर्व स्विकार पर्व दिपावलीलाई खास बनाउन अनि दिपावलीको खुसी देश बिदेशमा साटासाट गर्न एउटा नौलो प्रयोग गर्न चाहेका छौँ । यसमा पक्कै हजुरहरुले साथ दिनु हुनेछ भन्ने बिस्वास छ ।

हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्दै यो दिपावलीका क्षणहरुलाई अझ यादगार र बिशेष बनाउन अनि देश बिदेशसम्म पुर्याउन दिपावली फोटो प्रतियोगिता गर्न लागिरहेका छौँ । यसमा देश बिदेशमा रहुनु हुने सम्पुर्ण दाजुभाई तथा दिदी बहिनिहरुले भाग लिन सक्नु हुनेछ । प्रतियोगिताका नियमहरु निम्न रहेका छन –

फोटो तिहारसँग सम्बन्धि हुनु पर्नेछ, जस्तै- देउसी, भैलो खेलेको, भाईटिका लगाएको, लक्ष्मिपुजा गरेको, काग,कुकुर तिहारसँग सम्बन्धित आदि ।फोटो हाम्रो संस्कार संस्कृति झल्किने खालको र मौलिक प्रकृतिको र कुनै माध्यमबाट सम्पादन नगरेको हुनु पर्नेछ ।फोटो कहि कसैबाट लिएको / चोरि गरेको हुनु हुदैन । यदि कसैले प्रमाणसहित मेरो भनेर दाबी गरेमा उक्त प्रतियोगी स्वत: बाहिरिने छ।प्रतियोगिले एउटामात्र फोटो कमेन्ट बक्समा क्याप्सन सहित पोस्ट गर्नु पर्नेछ । यो पेजको कमेन्ट बक्समा पोस्ट गरेको फोटोलाई मात्र मान्यता दिईने छ ।सामान्यतया पन्चमीसम्म पनि कुनै न कुनै रुपले तिहार मनाउन सकिने परम्परा भएकोले कार्तिक ८ गतेसम्म आएको फोटोहरुलाई प्रतियोगितामा समाबेश गरिने छ ।प्रतियोगिताको नतिजा सम्बन्धित फोटोमा आएको लाइक, कमेन्ट र आयोजकको मुल्यांकनको आधारमा गरिने छ ।उत्कृष्ट तीन प्रतिगोगिलाई क्रमशः दुई हजार, पन्ध्र सय र एक हजार बराबरको रिचार्ज कार्ड वा नगदका साथै थप गिप्ट प्रदान गरिने छ ।

नोट – प्रतियोगिले यो पेज लाईक गरेको हुनु पर्नेछ र सम्बन्धित पोस्टलाई सेयर गरेको हुनु पर्नेछ । साथै प्रतियोगिता सम्बन्धि थप केही जिज्ञासा भए यहि पेजको म्यासेज बक्समा आएर सोध्न सक्नु हुनेछ ।

(Visited 25 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *