पैसा के हो ? सबैले थाहा पाउनै पर्ने टप १० विश्व प्रसिद्ध भनाईहरु

By | October 20, 2017

पैसा वा धन के हो भन्ने बारेमा धेरै बिचार, विमर्श, तर्क, बितर्क र बहस भएका छन । तर पैसा के हो ? यसको महत्व कस्तो हुन्छ भन्ने कुरामा कोहि पनि एकमत छैनन । वास्तबमा पैसा यस्तो चिज हो जुन केहि पनि होईन तर पैसा बिना कुनै काम पनि बन्दैन । पैसा यस्तो चिज हो, जसले हामीलाई नोकर जस्तै सेवा पनि गर्छ अनि हाकिम जस्तै दिग्दारी पनि लगाउछ । हामीले यस्ता धेरै मान्छेहरु देखेका छौं जो पैसाको अभावमा भौतारिएका छन, दु:ख पाएका छन । फेरि यस्ता मान्छे पनि देखेका छौं जो टन्न पैसा भएर पनि खुसिले जीउन सकेका छैनन् । आउनुहोस पैसा सम्बन्धि तपाई हामीले बुझ्नै पर्ने केहि विद्धानहरुका भनाईहरु हेरौं :-

 

१.   हरेक बिहानी एउटा बैंङ्क एकाउन्ट हो अनि समय पैसा । न यहाँ कोहि धनि छ न कोहि गरिब, सबैलाई कमाउनको लागि दिनमा २४ घन्टा छ ।  

–      क्रिस्टोफर राईस

२.   धनिहरु पहिला लगानि गर्छन र पछि बाकि रहेको खर्च गर्छन । तर मुर्ख गरिवहरु पहिला खर्च गर्छन र बाकि रहेको लगानि गर्छु भन्छन ।

–      अज्ञात

३.   पैसा डरलाग्दो मालिक तर सबैभन्दा राम्रो नोकर हो ।

–      बुर्नुम

४.   पैसालाई तिमिले नियन्त्रण गर्नै पर्छ । यदि पैसालाई तिमिले नियन्त्रण गर्न सकेनौं भने पैसाले तिमिलाई नियन्त्रण गर्छ ।

–      डेभ रेम्स्कि

५.   यो महत्वपूर्ण छैन कि तिमिले कति पैसा कमायौ, महत्वपूर्ण त यो छ कि तिमिले कति बचत गयौ ।

–      रोबर्ट कियोसकि

६.   एउटा बुद्धिमान मानिसको दिमागमा पैसा हुन जरुरि छ तर मुटुमा होइन ।

–      जोनाथन स्विफ्ट

७.   पैसाले आरामदायी ओछ्यान किन्न सकिन्छ तर मिठो निन्द्रा किन्न सकिदैन । पैसाले साथी बनाउन सकिन्छ तर मित्रता पाउन सकिन्छ ।

–      अज्ञात

८.   यदि तिमि कति धनि छु भनेर जान्न जाहान्छौ भने पहिला ति कुराहरु आफुमा खोज जुन तिमि पैसाले किन्न सक्दैनौ ।

–      अज्ञात

९.   सक्दो खर्च गर तर त्यो भन्दा पहिले सक्दो खर्च पुग्ने गरि कमाउ ।

–  अज्ञात

१०. पैसा सबैथोक होइन तर सबैथोकको लागि पैसा नै चाहिन्छ ।   

–  अज्ञात

 

 

 

(Visited 115 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *