बाबुराम र वैद्यको कुरा मिल्यो, प्रचण्डलाई पाखा लगाउने सपना

By | October 19, 2017

 

आफुलाई सच्चा क्रान्तिकारी ठान्ने मोहन वैद्य र देशको तीव्र आर्थीक रुपान्तरणको लागि आफुलाई नयाँ शक्ति भन्न रुचाउने बाबुराम भट्टराईको कुरा मिलेको छ । ऊनीहरुको मुद्दा र बिचार अलग अलग भए पनि दुबैको सपना भने देशमा बैकल्पिक शक्तिकोरुपमा उदाउने रहेको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा आफ्नो दलिय चिन्ह नपाएर सर्बनाश हार ब्यहोरेका दुबै दल आसन्न प्रदेश तथा संघको निर्वाचनमा भने आफुहरु जित्नेमा ढुक्क रहेको बताउछन ।

निर्वाचनका भाग लिने कि नलिने भन्ने तीब्र मतभेदकाबीच अन्तत चुनाबमा भाग लिने निर्णय गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष सिपी गजुरेलले अन्य सबै दल संसदीय व्यवस्थाका पक्षधर रहेको र आफ्नो पार्टीमात्रै यो व्यवस्थाको विरोधी पार्टीका रुपमा निर्वाचनमा सहभागी भइरहेको जिकिर गरे ।

उनले भने, “वैचारिक र राजनीतिकरुपमा अरु सबै पार्टी एकातिर र हामी अर्कोतिर छौँ । जनताले वैकल्पिक शक्तिका रुपमा हामीलाई मतदान गर्नेछन् ।” मूल पार्टी क्रान्तिकारी माओवादी निर्वाचन आयोगमा दर्ता नभए पनि मोर्चा आयोगमा दर्ता भई ‘मुट्ठी’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको हो । यता बाबुरामले पनि आफुलाई देशमा वैकल्पिक शक्तिकारुपमा उदाउने बताईरहेका छन् । यसरी बैकल्पिक शक्ति बन्ने कुरा दुबै पार्टीको मिलेको छ ।

एउटै माउ पार्टी नेकपा माओबादी केन्द्रबाट अलग भइ माओबादी पार्टी र त्यसका अध्यक्ष प्रचण्डलाई पाखा लगाउने धाउन्नमा रहेको दुवै पार्टीले नतिजा चाहि कति हालिल गर्लान त्यो हेर्न भने चुनावसम्म पर्खिनै पर्ने हुन्छ ।

(Visited 58 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *