कमाल गर्दै वाईसिएल र युवा संघ, हुने भयो कांग्रसको पत्तासाफ

By | October 19, 2017

 

नेपालका दुई बामपन्थि दल  नेकपा एमाले र माओबादी केन्द्र एक भएको घटनाले तातिरहेको नेपाली राजनीति पेरि एकपटक तातेको छ । केहि समय अघिसम्म कार्यकर्तास्तरमा चर्को गाली गर्ने र एक अर्काको अस्तित्वलाई स्विकार नगर्ने बताईरहेको दुई दलका युवा संगठन वाईसिएल नेपाल र युवा संघ जसरी पनि बामपन्थिले चुनाब जित्नै पर्ने भन्दै एक भएका छन ।

केन्द्रमा तालमेल र एकिकरणको निर्णय भए पनि कार्यकर्ता र मतदाताले यो गठबन्धनलाई सफल हुन दिदैनन् भन्ने अनुमान बिपरित  दुई युवा संगठन एक भए सगै अब राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ भने काग्रेस पत्तासाफ हुने निश्चित भएको छ  ।

युवासंघ नेपालको कार्यालय बुद्धनगरमा बसेको पदाधिकारीहरुको संयुक्त बैठक आज एक विज्ञप्ती सहित आफ्ना निर्णय सार्वजनिक गरेको हो ।

यस्ता छन् निर्णय

१.दुवै संगठनका अध्यक्षहरु सहित पदाधिकारीहरु रहेको केन्द्रीय निर्वाचन परिचालन कमिटिको सचिवालय, केन्द्रीय सदस्यहरु प्रदेश कमिटी र जिल्ला कमिटि अध्यक्षहरु रहेको केन्द्रीय निर्वाचन परिचालन कमिटि निर्माण गरियो ।

२. सम्पूर्ण मातहतका कमिटिहरुको संयुक्त वैठक वसी निर्वाचन परिचालन कमिटि बनाउने र स्थानिय अनुकुल्तामा योजनाहरु निर्माण गर्ने ।

३. दुवै पार्टीका अध्यक्षहरु क.केपी ओली र क. प्रचण्डलाई आमन्त्रण गरी चुनाव सम्वन्धी राष्ट्रिय प्रशिक्षण भेला गर्ने ।

४. संवृद्धि र समानताका लागि समाजवादी यात्रामा गोलबद्ध हुन सम्पूर्ण जनसमुदायमा अपिल गर्ने ।

 

 

(Visited 45 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *