सफलता के हो ‍- भाग्यको खेल कि कर्मको प्रतिफल ?

By | October 18, 2017

सन्दर्भ पारस, प्रचण्ड र बि. पि. को

पारस राजपरिवारमा जन्मिए – यो उनको भाग्यको परिणाम थियो । किनकि त्यहाँ जन्मनको लागि उनले केहि पनि गरेका थिएनन् ।

प्रचण्ड प्रधानमन्त्री भए – यो उनको कर्मको परिणाम थियो । किनकि उनी कुनै राजनीतिक परिवारमा जन्मेका थिएनन् । पारसले ठुलै भाग्य बोकेर ल्याएता पनि उनले त्यसलाई जोगाउन सकेनन् । किनकि उनले आफ्नो भाग्य जोगाउने खालको कर्म गरेनन् ।

प्रचण्डले जन्मदा भाग्यहिन जीवन पाएका थिए । उनीसँग न त नाम र दाम थियो न त शक्ति र सत्ता नै । तर उनले कठोर कर्म गरेर आफ्नो भाग्यको निर्माता आफै बने । यदि उनले पुरुषार्थ नगरेको भए सारा मान्छे जस्तै गुमनाम हुन्थे । भाग्यहिन भएर जन्मेका भाग्यहिन भएरै मर्थे ।

पारस नेपालको सबैभन्दा शक्तिशाली, वैभवशाली र सम्पन्न परिवारमा जन्मने सौभाग्य पाएका थिए तर त्यहि भाग्य कै कारण उनी उदण्ड भए । नेपाली जनताको आँखाबाट खस्न पुगे ।

मान्छे सफल वा असफल भाग्यले होइन कर्मले हुन्छ । यदि कोहि भाग्यले केहि कुरा प्राप्त गर्छ भने पनि त्यो क्षणिक हुन्छ । अतः सफलता भाग्यको खेल होइन कर्मको प्रतिफल हो ।

प्रचण्ड भाग्यहिन गरिब परिवारमा जन्मे र यो नै उनको लागि सौभाग्य भयो । किनकि उनले आफ्नो गरिबि र भाग्यहिनताको स्थितिबाट प्रेरणा लिई भाग्य निर्माणको कठोर बाटो ठम्याए ।
पारसको भाग्य ठुलो थियो तर कर्म ‍- तुच्छ । प्रचण्डको भाग्य सानो थियो तर कर्म – महान । भाग्यमा मात्र घमण्ड गर्ने पारस पुरै असफल भए र सिंहासन गुमाए भने कर्ममा विस्वास गर्ने प्रचण्ड सफल भए र सिंहासन कमाए ।

अतः हिजो गरेको कर्म नै आजको भाग्य वा दुर्भाग्य हुन्छ भने आज गरेको कर्म नै भोलिको भाग्य वा दुर्भाग्य हुन्छ । अब कुरा गरौँ – बि. पि. कोईरालाको । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री । उनको यो सफलता भाग्यको नभएर साहसपूर्ण कर्मको नतिजा थियो । २००७ सालपूर्वको कर्मले उनलाई शक्तिशाली प्रधानमन्त्री बनायो भने २०१७ सालमा सत्ताच्युत भए पछिको कर्मले उनलाई पूनः त्यो सफलता दिन सकेन ।
फेरि प्रचण्ड कै कुरा गरौँ – उनका २०६४ पूर्वका कर्मले उनलाई गणतान्त्रीक नेपालको प्रथम प्रधानमन्त्री बनाएको थियो । र आज उनी जे कर्म गर्छन भोलि त्यहि बन्छन ।

निष्कर्ष – मान्छे सफल वा असफल भाग्यले होइन कर्मले हुन्छ । यदि कोहि भाग्यले केहि कुरा प्राप्त गर्छ भने पनि त्यो क्षणिक हुन्छ । अतः सफलता भाग्यको खेल होइन कर्मको प्रतिफल हो । यदि जीवनमा सफलता चाहानुहुन्छ भने आजैबाट असल कर्म गर्न थाल्नुहोस तपाईलाई सफलताले आजैदेखि पच्छाउन थाल्नेछ ।

(Visited 78 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *